Ads

२०८१ फागुन २७ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसरहरू प्राप्त हुनेछ । नयाँ कामको सुरुवातका लागि समय अनुकूल छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ, टाढिएका आफन्तहरू नजिकिनेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । सानातिना समस्या आए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । अध्ययनमा प्रगति हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ । अध्ययनमा सुधार हुनेछ । आत्मीयजनसँग भेटघाट हुनेछ । सरसफाइ तथा बगैंचा व्यवस्थापनतर्फ आकर्षण बढ्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )नयाँ काम सुरु गर्न केही समय पर्खनु होला । हाल गरिरहेको कामलाई भने निरन्तरता दिनु राम्रो हुनेछ । पीडा दिनेहरू सक्रिय रहने भएकाले सतर्क रहनु होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )भूमि, सवारी साधन तथा पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ । प्रतिभा प्रस्तुत गरेर अवसर हात पार्न सकिनेछ । ध्यान, रचना तथा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )व्यापारमा फाइदा हुनेछ । काममा माता पिताको सहयोग प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धामा जित्न सकिनेछ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालन व्यवसायबाट लाभ हुने समय छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )अरूलाई प्रभावित पारेर काम गराउने सक्ने क्षमता बढ्नेछ । मेहनत गर्दा सफलता प्राप्त हुनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद रहनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )अस्वाभाविक प्रलोभनले अप्ठ्यारो पर्न सक्छ । यसले स्वतन्त्रतामा बाधा पुर्याउने सम्भावना छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । योजना बनाएको काम पूरा नहुन सक्छ । समझदारी बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )आशा मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयासले पनि ठूलो उपलब्धि प्राप्त गर्न सकिनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुट्नेछ । नयाँ सवारी साधन प्राप्तिको सम्भावना छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)धार्मिक अनुष्ठान तथा मंगलमय कार्यहरू सम्पन्न हुनेछन् । व्यवसायमा लाभ मिल्नेछ । कार्य क्षेत्रमा प्रशस्त फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । अवसरहरू आउनेछन्, बोलीको प्रभाव बढ्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )निश्चय भइसकेको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका हुन सक्छ । आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहनेछन्, त्यसैले सचेत रहनु होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू