मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )विशेष सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ । मान सम्मान बढ्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि जाग्नेछ । साना व्यक्तिहरूको सहयोगले ठूलो फाइदा मिल्नेछ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )प्रेम र मित्रताको बन्धन कसिनेछ । पढाइमा सुधार आउनेछ । उद्योग तथा व्यापारमा राम्रो लाभ मिल्नेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । तर, आर्थिक अभावले सताउने सम्भावना छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )कृषि तथा पशुपालनमा खासै लाभ नहुने भएपनि व्यापारमा प्रशस्त फाइदा हुने संकेत छ । आर्थिक अभावले अलि सताउन सक्छ । व्यवसायमा केही उतारचढाव आउनेछ । पेट र छाती सम्बन्धी समस्याले सताउने सम्भावना छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )चुनौतीहरू हटाउँदै रोकिएका काम सम्पन्न गर्न सकिनेछ । धैर्य राख्नुपर्ने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसरहरू प्राप्त हुनेछन् । कुटुम्बको सहयोग पाइनेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )गरेका कामबाट राम्रो फाइदा मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सन्तानबाट सुख प्राप्त हुने योग छ । रोकिएका कामहरू पुन: सुरू गर्न सकिनेछ । बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मान प्राप्त हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)टाढाको यात्रा गर्ने सम्भावना छ । धन तथा सम्पत्तिको आर्जन हुनेछ । आम्दानीका नयाँ माध्यमहरू फेला पर्नेछन् । यात्राको अवसर मिल्नेछ । रोजगारीमा केही अवरोध आउन सक्छ । प्रतिकूल स्थानान्तरण जस्ता समस्याहरू देखा पर्न सक्छन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )छर छिमेकमा असमझदारी बढ्न सक्छ, तर समाधान पनि हुने छ । धेरै परिश्रमबाट थोरै लाभ प्राप्त हुनेछ । घर खर्च बढ्ने संकेत छ । पति पत्नी बीच असमझदारी बढ्न सक्छ । आयआर्जनमा कमी आउन सक्ने भएकाले विवाद हुन सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )आयआर्जन बढ्नेछ । उठ्नु पर्ने रकम हात लाग्ने सम्भावना छ । पेटको समस्याले सताउने सम्भावना छ, सचेत रहनुहोला । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सतर्क रहनु पर्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )नयाँ सीप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा विशेष रुचि बढ्नेछ । कृषि तथा पशुपालनबाट फाइदा मिल्नेछ । यात्राहरू उपलब्धिमूलक हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)वैदेशिक क्षेत्रबाट लाभ उठाउने अवसर मिल्नेछ । चिताएको काम बन्ने सम्भावना छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा मिल्नेछ । नयाँ काम सुरू गर्न सकिनेछ । परिश्रमको उचित मूल्यांकन हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )खर्च बढेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ । विद्यार्थीहरूका लागि पढाइमा कमजोरी देखिने सम्भावना छ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्