Ads

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु


चितवन, । भरतपुर महानगरपालिका–१ नारायणगढ बसपार्क नजिकै यात्रुबहाक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मंगलवार राति ९ः५५ बजेको समयमा तनहुँबाट दाङ जाँदै गरेको ग १ ख ९९७७ नम्बरको बसले बाटो काट्दै गरेका अन्दाजी ३० वर्षीय एक पुरुषलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएका व्यक्तिलाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा मंगलवार राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवलने जानकारी दिएको छ । मृतकको पहिचान हालसम्म नखुलेको प्रहरीले बताएको छ ।

ठक्कर दिने बस र बस चालक तनहुँ भानु नगरपालिका–२ बस्ने वर्ष ४७ को पुन्ट बहादुर सारुलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू