मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामान्यतया दिन राम्रो छ । रोकिएका अधुरा काम पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदको अवस्था रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सोच्दैनसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा मिल्ला । दान पुण्यका कार्यमा आकर्षण रहनेछ । शुभ समाचार प्राप्त भइ आनन्द वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सन्तानबाट खोजेजस्तो सहयोग नपाउदा केही पीडाको अनुभूति हुनसक्छ, संयमता अपनाउनु उचित हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । गरेका कार्यहरु तत्काल नबन्ने, बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने योग भएपनि पराक्रम, बौद्धिकता र रचनात्मकता वृद्धि होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने देखिन्छ । जाँगरमा सुधार आइ रोकिएका कामहरु बन्न थल्नेछन् । आफन्तजनले सहयोग गर्नाले प्रयासअनुसारको कार्य सम्पन्न हुनुका साथै परिआएका समस्याको हल हुनेछ । धनलाभको योग छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नियमित काममा जोस-जाँगर बढ्नुका साथै आर्थिक एवम् समाजिक लाभ मिल्नेछ । समस्याहरु आफै किनारा लाग्ने छन् भने धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । महत्वपूर्ण कार्यको लागि यात्रा हुनसक्ने योग छ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । बौद्धिक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कार्यगति बढ्नेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । बिस्तारै कामहरू बन्न थाल्नेछन् । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । साथी घरपरिवारबाट सुख शान्ति मिल्ला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि भएपनि मिहेनतअनुसार कामको परिणाम हासिल गर्न मुस्किल पर्ने समय छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । आर्थिक लेनदेन आजको दिन सकभर नगर्नु उचित हुनेछ । मिठो भोजनको स्वाद लिने अवसर जुर्ला । साहसिक काममा आकर्षण रहनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): परिवारबाट सुख मिल्ने दिन छ । तर, सोचेअनुसार योजना अघि बढ्न भने कठिन पर्ने देखिन्छ । नियमित काममा पनि खासै मन नजान सक्छ । आरोग्यता रहला । योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ । त्यसै–त्यसै अलमलमा परिने खालको समय भएपनि जस्तोसुकै समस्याको समाधान निस्कनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुप केही बढेपनि आर्थिक कार्य फलदायी रहनुका साथै पारिवारिक सुख मिल्ने समय छ । ब्यापारमा सोचेअनुरुपको फाइदा हुने देखिन्छ । आत्मबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । रसराग, खेलकुद, भ्रमण जस्ता कार्यमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । ब्यस्तता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन खासै उत्साहजनक नरहला । शारीरिक तथा मानसिक आलस्यता बढ्ने देखिन्छ । विवाद वा झैझगडाको सम्भावना रहेकोले विशेष सतर्कता र संयमताको दरकार छ । अनावश्यक डरत्रासले मनमा घर गर्नसक्छ, धैर्य राख्नुहोला । कामहरू अधुरा रहन सक्छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन चुनौती र कठिनाइ बढेको अनुभूति होला । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । घर–परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घरपरिवारबाट पनि खासै सहयोग पाइने छैन । मित्रजनप्रति प्रेमभाव वृद्धि हुनेछ भने आरोग्यता रहनेछ ।
प्रतिक्रिया दिनुहोस्