Ads

नागढुंगा सुरूङको काम ८७ प्रतिशत सकियो, एक वर्षपछि सञ्चालनमा आउने


काठमाडौं, । नागढुंगा सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८७ प्रतिशत काम सकिए पनि पूर्ण सञ्चालनमा आउन अझै एक वर्ष लाग्न सक्ने आयोजनाले जनाएको छ ।

सुरूङ निर्माणमा देखिएको अवरोध तथा सुस्त गतिका कारण ४२ महिनामा निर्माण सकिनुपर्ने अझै सकिएको छैन । राजधानी भित्रिन सहज बनाउने नागढुंगा सुरूङ मार्गमा गाडी गुड्न अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

आयोजनाको झन्डै ८७ प्रतिशत काम सकिए पनि नियमित यातायात सञ्चालनको लागि अझै एकवर्ष लाग्नेछ । आयोजनाको काम करिब अन्तिममा पुग्दा पनि सञ्चालन मोडालिटी भने तयार भएको छैन । सुरूङ मार्ग सन् २०२५ को अन्त्यमा ‘सफ्ट ओपनिङ’को तयारी छ ।

सुरूङ मार्गको मुख्य ढलान सकिएको छ । आपत्कालीन उद्दारतर्फको ढलानको काम आधा सकिएको आयोजनाले जनाएको छ । त्यसको तीन महिनापछि मात्रै नियमित रूपमा सवारी सञ्चालन हुने सुरूङ मार्गका सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।

“सुरूङ मार्गको काम ८७ प्रतिशत सकिएको छ,” उनले भने, “निर्माण सकिएपछि तीन महिना सफ्ट ओपनिङ हुन्छ । त्यसपछि मात्रै नियमित सञ्चालनमा आउँछौं ।”यसको लागि अझै एक वर्षबढी समय लाग्ने पन्थीले जनाए । आपतकालीन अवस्थाबाहेक अन्यका लागि अझै एक वर्षको समय लाग्ने उनले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू