Ads

आगलागी हुँदा दुई जना बच्चाको जलेर मृत्यु


विराटनगर,। मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा मंगलबार आगलागी हुँदा दुई जना बच्चाको जलेर मृत्यु भएको छ । मृत्यु हुने बच्चाको सनाखत भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाका अनुसार आगलागीबाट ६-७ घर जलेका छन् । यसैगरी अहिलेसम्म आगो नियन्त्रण हुन नसकेको उनले बताए ।

आगलागी नियन्त्रणका लागि स्थानीयबासी, दमकल र प्रहरी खटिएको मोरङ प्रहरीले जनाएको छ । साना छाप्रा घर र परालको माचसमेत घरकै छेउमा रहेकाले आगोले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू