Ads

काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी


मकवानपुर । काभ्रेको काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको छ ।

नेकपा एमाले निकट अनेरास्वियु र अखिल क्रान्तिकारीको गठबन्धनबाट सभापतिका उम्मेदवार बनेका अनेरास्वियुका मिलन गौतमलाई १५३ मतले हराउँदै सभापतिमा नेविसंघका उम्मेदवार रोहिन पराजुली निर्वाचित भएका हुन् ।

पराजुलीले २७२ मत र गौतमले ११९ मत ल्याएका थिए । सो क्याम्पसमा कुल ५४१ मत मध्ये ३९६ मत खसेको थियो ।सचिवमा नेविसंघकौ तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरुमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर र नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्वियूका सन्ध्या गिरी र सुनिता गुँइत निर्वाचित भएका छन् । काभ्रे क्याम्पसमा नेविसंघ र अनेरास्ववियूले गठबन्धन गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू