Ads

नेकपा माओवादी केन्द्रले जागरण अभियान पुनः सुरु गर्दै


काठमाडौं, । नेकपा माओवादी केन्द्रले जागरण अभियान पुनः सुरु हुँदै छ । अभियान सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु आज (बुधबार) बारा जाँदैछन् ।

अपराह्न चार बजे अभियान टोलीलाई स्थानीयले स्वागत गर्नेछन् । त्यसपछि आजैबाट कार्यक्रमहरु सुरु हुनेछन् । विहीबार दिनभर बाराका कार्यक्रममा सहभागी भएर शुक्रबार पर्सा पुग्ने कार्यक्रम छ ।

यही १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएको अभियान २४ फागुनमा एक्कासी स्थगित गरिएको थियो । एक दिन एक जिल्लामा बिताउने र जनतासँग भेटघाट गर्ने अभियान आजबाट पुनः सुरु गर्न लागिएको हो ।

७ र ८ गते बारा र पर्साको कार्यक्रम सकिएपछि माओवादी नेताहरुको टोली ९ गते चितवन आउने छ । पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गमा केन्द्रित माओवादी केन्द्रको जागरण अभियान बीचबीचमा विश्राम गर्दै अघि बढ्ने छ र सुदूरपश्चिमको कञ्चनपुर पुगेर सम्पन्न हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू