Ads

बाह्रबिसेस्थित खुर्सानीबारीबाट ७४० थान भेप बरामद


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खुर्सानीबारीबाट प्रहरीले ठुलो परिमाणमा इलेक्ट्रिक चुरोट भेप बरामद गरेको छ । गएराति तातोपानीबाट सामान लिएर आउँदै गरेको ना ६ ख ५४९६ नम्बरको कन्टेनरबाट ७४० पिस भेप बरामद गरिएको हो ।

चीनबाट तातोपानी नाका हुँदै रेडिमेड सामान लिएको आएको कन्टेनरमा अवैध भेप फेला परेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्स्पेक्टर सुमेश पाण्डेले रातोपाटीलाई बताए । चालक सिट मुनी लुकाएर ल्याएको भेप सहित प्रहरीले चालकलाई पक्राउ गरेको छ ।

अनुसन्धान र कारबाहीका लागि भेप राजस्व अनुसन्धान विभागमा पठाइने इस्पेक्टर पाण्डेले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू