काठमाडौं, । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्ससँग मुम्बई इण्डियन्स ४ विकेटले पराजित भएको छ ।
चेन्नइको जितमा ऋतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९ दशलमव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट भए। पहिलो विकेट गुमाउँदा ११ रन मात्र बनेपनि पहिलो पावर प्लेमा चेन्नईले ६२ रन बनायो।
यो क्रममा विष्फोटक ब्याटिङ गरेका ऋतुराजले २२ बलमा ६ चौका र ३ छक्का सहित अर्धशतक प्रहार गरे। रुतुराज र रचिनले दोस्रो विकेटको लागि ६७ रनको साझेदारी गरे।
ऋतुराज ५३ रनमा आउट भए।
बलिङमा भिगनेश पुथुरले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो।
कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै मात्र ५२ रन जोड्यो। खालिद अहमदले सुरूवाती २ विकेट लिए। भारतीय क्रिकेट टोलीका कप्तान ओपनर रोहित शर्मा डक आउट भए। यसपछि १३ रन बनाएका रायन रिकल्टनलाई पनि खालिदले बोल्ड आउट गरे।
विल ज्याक्स ११ रन जोडेर रविचन्द्र आश्विनको बलमा शिवम दुबेद्वारा क्याच आउट हुन पुगे। ३६ रन जोड्दा ३ विकेट गुमाएको मुम्बईले दबाबमा पर्यो।
नुर अहमदको उत्कृष्ट बलिङमा मुम्बईले खुलेर ब्याटिङ गर्न सकेन्। उनले चार खेलाडीलाई आउट गरे। कार्यवहाक कप्तान सूर्य कुमार यादव २६ बलमा २९ रन जोड्दै नुर अहमदको बलमा आउट भए। यसपछि १३ औं ओभरमा नुरले नै थप २ विकेट लिए।
बलिङमा अहमदले ४ ओभर बलिङ गर्दै मात्र १८ रन दिएर ४ विकेट लिए। यस्तै खालिद मोहम्मदले ३ विकेट लिए।
प्रतिक्रिया दिनुहोस्