Ads

त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये ४२ वटामा स्ववियु चुनाव


काठमाडौं, । त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमध्ये ४२ वटामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भएको छ । ५ गते ३८ वटा क्याम्पसमा र त्यसपछि चारवटा क्याम्पसमा चुनाव भएको हो ।

त्रिभुवन विश्वविद्यालयका २० वटा आंगिक क्याम्पसमा चुनाव हुन बाँकी छ ।अमृत साइन्स क्याम्पस काठमाण्डौ र पृथ्वीनारायण क्याम्पस पोखरामा हिजो चुनाव भएको छ । अमृत साइन्स क्याम्पमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ भने पोखराको पृथ्वीनारायण क्याम्पसको मतगणना आज हुँदैछ ।

अहिलेसम्म ४२ वटा आंगिक र २५० भन्दा बढी सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्ववियु चुनाव भएको विश्वविद्यालयले जनाएको छ । नेविसंघले १६ आंगिकसहित ११५, अनेरास्ववियुले १३ आंगिकसहित १०३ र अखिल (क्रान्तिकारी)ले १० आंगिकसहित ८५ वटा क्याम्पसमा स्ववियु चुनाव जितेका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, रत्नराज्य क्याम्पस (आरआर), त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, पाटन बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, शिद्धनाथ साइन्स क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्र बहुमुखी लगायत आंगिक क्याम्पसहरूमा स्ववियु चुनाव हुन बाँकी छ ।

Ads

सम्बन्धित पोष्टहरू