ढाका, । बंगलादेशका पूर्वएकदिवसीय क्रिकेट कप्तान तमिम इक्बाललाई घरेलु मैदानमै हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको छ । ढाका प्रिमियर डिभिजन क्रिकेट लिगमा ३६ वर्षीय तमीमले मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका समय हृदयाघात भएको हो ।
उनले खेलका लागि ‘टस’पछि छाती दुखेको गुनासो गरेको र मैदानमा प्रारम्भिक उपचारपछि उनलाई तत्काल नजिकैको अस्पतालमा लगिएको थियो ।
“उनलाई हृदयाघात भएको हो । मलाई अहिलेसम्म जानकारी भएअनुसार उनको मुटुले राम्रोसँग काम गर्न थालिसकेको छ,” बंगलादेश क्रिकेट बोर्ड ९बीसीबी०का मेडिकल अफिसर देवाशीष चौधरीले भने ।
टोलीका एक अधिकारी तारिकुल इस्लामले बताएअनुसार तमिमको ढाकाको बाहिरी इलाकामा रहेको सावरको एक अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशी जनतालाई उनको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न आग्रह गरिएको छ।
बीसीबीले तमिम अचानक बिरामी भएपछि आफ्नो निर्धारित बोर्ड बैठक स्थगित गरेको थियो र बोर्डका धेरै सदस्य उनलाई भेट्न अस्पताल गएका थिए । तमिमले सन् २००७ देखि २०२३ को बीचमा बंगलादेशको प्रतिनिधित्व गर्दै ३९१ म्याच खेखेका थिए ।
उनले १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् । उनी अन्तर्राष्ट्रिय ढाँचामा शतक प्रहार गर्ने एकमात्र बंगलादेशी ब्याट्सम्यान हुन् । रासस/एएफपी