Ads

कुलमानलाई हटाएपछि डा.कोइरालाको प्रतिक्रिया, यसरी कति दिन चल्ने र चलाउने ?


काठमाडौं, । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पनि यस विषयमा मुख खोलेका छन् ।

उनले यस कदमलाई सरकारको कुशासनको निरन्तरताको अर्को कडी भनेका छन् । बिहान सबेरै सामाजिक सञ्जालमा लेखेर उनले यो कदमको स्वामित्व कांग्रेसले लिनै नहुने बताएका छन्।

उनले लेखेका छन्– ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका कार्यकारी प्रमुख घिसिङलाई हटाउने निर्णय गरेको थियो।

Ads

सम्बन्धित पोष्टहरू