काठमाडौँ । गत आइतबार भक्तपुरको बोडे निलबाराही जङ्गलमा मृत फेला परेका खोटाङ घर भई हाल भक्तपुरको कमलपोखरी बस्ने प्रकाश राईको हत्या भएको खुलासा भएको छ ।
खाली प्लास्टिक बोतल टिप्ने ६६ वर्षीय राईलाई रोल्पाका ५७ वर्षीय हिमाल बुढामगरले ढुङ्गाले टाउकोमा प्रहार गरी मारेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ ।
बुढामगरले आफूहरू दुबै मिलेर रक्सी सेवन गरेको र घर फर्किने क्रममा राईले आफ्नो सय रुपैयाँ खोसेपछि झगडा भएको बताएका छन् । सो क्रममा आफूले ढुङ्गा प्रहार गरी हत्या गरेको बुढामगरले बयान दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्