काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति भइरहेको विरोधलाई लिएर असन्तुष्टी प्रकट गरेका छन् ।
तीललाई पहाड बनाउन खोजिएको उनको टिप्पणी छ । आज एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले भने, ‘ससाना कुराहरुलाई तीलको पहाड बनाएर, त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ । अहिले पनि एउटा सानो त्यान्द्रो पाएजस्तो लाग्यो केही मान्छेलाई । खुब उफ्रिराख्या छन् । के(के न पायौं भनेर, इस्यू भेटियो भनेर कुदिराख्या छन् ।
हिजैदेखि सुरु छ वक्तव्यबाजी । यही मौका हो, यही त्यान्द्रो, यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुद्या छन् । केही अर्थ छैन । हामीले देश र जनताको हितका लागि काम गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्