काठमाडौँ । सरकारका पूर्व मुख्यसचिव दामोदरप्रसाद गौतमको निधन भएको छ । ‘लिवर’सम्बन्धी समस्याबाट पिडित ८६ बर्षिय गौतमको मंगलबार बिहान ललितपुरको मेडिसिटि अस्पतालमा निधन भएको हो ।
२०४७ देखि २०४९ सम्म मुख्यसचिव रहेका उनी २०५५/०५७ सम्म संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदुत समेत भएका थिए ।
२०१८ सालमा शाखा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेका गौतम घरेलुको निर्देशक, चिया विकास ईलामको निर्देशक, पर्यटन र बाणिज्य मन्त्रालयको सचिव, अर्थ मन्त्रालयको अतिरिक्त सचिव हुँदै २०४७ साल देखि २०४९ सम्म मुख्यसचिव बनेका थिए ।
बाराको कलैयामा १९९४ मा जन्मिएका गौतम २०३१ देखि ललितपुर बस्दै आएका थिए । उनका २ छोरी र १ छोरा छन् । उनको मंगलबार दिउसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्