काठमाडौँ । नेपाल राष्ट्र बैंकले लगानी गर्ने योग्य रकम (तरलता) व्यवस्थापनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको छ । राष्ट्र बैंकले बोलकबोल मार्फत ३० अर्ब रुपैयाँ निक्षेप २१ दिनको लागि उठाउन लागेको हो ।
राष्ट्र बैंकले बुधवार त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव माग गरेको छ । त्यसको लागि बुधवार ३ बजे अनलाइन मार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बजारबाट उठाएको ३१ अर्बको साँवा तथा ब्याज चैत ३१ गते भुक्तानी गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्