Ads

२०८१ चैत्र १४ गते बिहीबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही प्रतिकुल तथा चुनौतीयुक्त रहने देखिन्छ । छरछिमेकमा असमझदारी बढ्न सक्छ, सावधन रहनुहोला । धेरै परिश्रमबाट थोरैमात्र लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्ला । पति-पत्नीबीच असमझदारी बढ्न सक्छ, संयमता अपनाइ व्यवहार गर्नु हितकर हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आयआर्जन बढ्ने र खर्च पनि बढ्ने समय छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सचेत रहनुहोला । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्ने योग छ । दौडधुप बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने समय छ । सन्तानपक्षबाट पनि सुख मिल्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । अध्ययन-अध्यापन कार्यमा प्रगति हुने योग छ । कृषि र पशुपालनबाट पनि फाइदा होला । उपलब्धीमूलक यात्राको सम्भावना छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका जुर्ला । परिश्रमको राम्रो मूल्यांकन हुनुका साथै चिताएको काम बन्ने देखिन्छ । साहस वृद्धि हुनेछ । प्रेमभाव बढ्नेछ । साथीभाइबाट सहयोग प्राप्त भइ सुख बढ्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा भने पढाइलेखाइको स्तर खस्कने योग छ । पारिवारिक समस्याहरू देखापर्नेछन् । विश्वासमा पारेर धोका दिनाले मित्रजनसँग मनमुटाव हुन सक्छ । सन्तान पक्षबाट भने सुख बढ्नेछ । आरोग्यता रहला । बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने देखिन्छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने योग छ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नाले ब्यस्तता वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार व्यवसायमा प्रगति हुनेछ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । साथीभाइको साथ मिल्नाले पराक्रम बढ्नेछ । आरोग्यबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): परिवारजनसँग आत्मीयता बढ्ने, स्वादिष्ट भोजनको आनन्द मिल्ने र पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । आर्थिक अभावले भने केही सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु होला । रोकिएको काम तपाईंको विशेष मिहेनतले बन्ने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यवसायमा केही उतारचढाव आउला । आर्थिक अभावले केही सताउन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने योग छ, खानपानमा सावधानी अपनाउनुहोला । विद्यार्थीहरूका लागि विशेष अनुकूल समय छ । नियमकानूनले साथ दिनाले व्यक्तिगत दायित्व निर्वाहमा गति आउला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । नाताकुटुम्बको सहयोग प्राप्त होला । व्यापार–व्यवसायमा विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभदायी समय छ । रोकिएका काम सुरु हुनेछन् भने गरेका कामबाट राम्रै लाभ होला । श्रमको उचित मूल्यांकन हुने देखिन्छ । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । सन्तान पक्षबाट सुख मिल्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल वृद्धिका साथै आम्दानीका विभिन्न माध्यम फेला पर्ने समय छ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ, सजग रहनुहोला । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख-विलासतर्फ आकर्षण रहनेछ ।

Ads

सम्बन्धित पोष्टहरू