Ads

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकताः पूर्वप्रधानमन्त्री भट्टराई


देउखुरी दाङ। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा रहेको बताएका छन् । आज घोराहीमा आयोजित एक कार्यक्रममा उनले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखापरेका समस्या समाधान हुने बताए ।

संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको उनको भनाइ छ । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताए ।

“रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ”, उनले भने, “२०७२ को संविधानले राजनीतिक अधिकार दियो तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन । त्यसैले जनतामा निराशा बढेको हो ।” रासस

Ads

सम्बन्धित पोष्टहरू