Ads

२०८१ चैत्र १५ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा हुन मुस्किल पर्ने दिन छ । मिहेनत लगाएर गरेको कार्यबाट पनि खसै उपलब्धि हासिल गर्न नसकी ब्यर्थ समय बित्ने देखिन्छ । तथापि, मित्रजनहरू सहयोगी बनेर देखापर्नेछन् । मिष्ठान्न भोजन जुर्ने देखिन्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । सबल स्वास्थ्यको लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । महत्वपूर्ण कार्य समयमै सम्पन्न नहोला । अनावश्यक यात्रालाई टार्ने प्रयत्न गर्नु उचित हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नाले सुखको अनुभूति होला । बौद्धिक तहको कार्यमा सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मातापिता एवम् परिवारजनसँगको भेटघाटले मनमा हर्षउल्लास छाउने समय छ । श्रद्धा र परोपकारमा मन जाने देखिन्छ । स्वास्थ्यमा भने केही कमजोरी अनुभव हुनसक्छ, सचेत रहनुहोला । खर्चभन्दा आर्जन नै बढी हुने योग छ । शिक्षा क्षेत्रमा पनि राम्रो प्रगति होला । धर्मकर्ममा रुचि बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पारिवारिक सुख मिल्ने समय छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । धनार्जन हुनेछ । विपरितलिंगीबाट प्राप्त हौसलाले मन रमाउनेछ । ब्यापार-व्यवसायमा पनि फाइदाकै योग छ । साझेदारीको काम बन्नेछ । प्रेमभाव बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन अलिक प्रतिकूल भएकाले काममा बाधाहरुको सामना गर्नुपर्ने देखिन्छ । मनमा उदासिनता बढ्न सक्छ । अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् भने विश्वास गरेकाले धोका दिन सक्छन् । बिहान काम बने पनि बेलुकाको समय सामान्य तनाव वृद्धि हुने योग छ । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिला पर्न सकिने योग रहेकोले विशेष सतर्कताको खाँचो छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित फलदायी दिन छ । आर्थिक लाभ हुनेछ भने मान सम्मान पनि पाउन सकिएला । स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो समय छ । तर, पेशागत रुपमा समस्या देखिन सक्छ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । यात्रागत कार्य निष्फल रहन सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): ब्यस्तता बढेपनि काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ । पशुधनबाट राम्रो फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव होला । आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्तिको योग छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम वृद्धिले रोकिएको काम बन्नेछ । व्यापार/व्यवसायमा हुनुहुन्छ भने राम्रै आम्दानी गर्ने दिन छ । नसोचेको काम बन्न सक्छ । अनेक किसिमका फाइदा हुने योग छ । प्रियजनसँगको भेटघाटले मन रमाउला । महत्वपूर्ण काम बन्नाले सुखको अनुभव हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन केही चुनौतीयुक्त रहला । अनावश्यक झमेलामा परिने सम्भावना छ । आजको दिन यात्राको क्रममा विशेष सावधान रहनु हितकर होला । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने देखिन्छ । महत्वपूर्ण काममा समस्या आइपर्नसक्ने योग रहेकोले थाती राख्नु उचित हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विचार, बोली र व्यक्तित्वले धेरैलाई आकर्षण गर्ने समय छ । विशेष काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अनौठो तर सकारात्मक खबर सुन्न पाइएला । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ । मिठो भोजन प्राप्त होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): लगानी बढ्नेछ तर आयआर्जन वृद्धिको समय छ । नउठ्ने ठानिएको पैसा उठ्ने योग रहेकोले मनमा हर्ष छाउला । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्नेछ । रमाइलो यात्राको योग रहेको छ ।। मिठो भोजन प्राप्त होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भाग्यबल बढ्ने र आफन्तजनको विशेष साथ–सहयोग मिल्ने समय छ । घरमा पाहुनाको आगमन हुनसक्छ । धनलाभ होला । साथै रमाइलो यात्राको योग रहेको छ । तथापि, टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । लेखनसम्बन्धित काममा सफलता मिल्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू