काठमाडौं,। काठमाडौंमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ । भिडलाई उक्साएर अराजकता मच्चाएपछि प्रसाईं तीनकुनेबाट अपराह्न अबेर बाहिरिएका थिए ।
उनीविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन् । प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।
प्रहरीले आन्दोलनको अघिल्लो दिन केही व्यक्तिमाझ दुर्गा प्रसाईले आन्दोलनमा दमन गर्ने अवस्था ल्याउँने र एक दुई जना मान्छे मरेपछि नेताहरुका घर र पार्टी कार्यालयमा छिर्ने योजना बनाएको भिडिओ समेत भेटेपछि उनलाई पक्राउ गर्न लागिएको हो । सरकारले पूर्वराजा र दुर्गा प्रसाईंलाई आजको तोडफोड, आगजनी र लुटपाटपमा जिम्मेवार ठहर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्