Ads

२०८१ चैत्र १६ गते शनिबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अचानक कमाई हुने समय छ । फलदायी यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । मित्रजन एवम् घरपरिवारबाट सुखशान्ति मिल्ने योग छ । राजकाजमा सफलता प्राप्ति र उन्नति–पदोन्नति हुने देखिन्छ । नयाँ सफलताका साथै मिठो भोजन प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): धर्मकर्ममा आकर्षण बढ्ने समय छ । भाग्यबल बढेपनि आजको दिन नसोचेको ठाउँमा खर्च हुन सक्छ । ब्यर्थको खर्चले मन पिरोल्ला । कामको चाप बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन रमाइलो किसिमले बित्ने देखिन्छ । आफन्तमिलनले सुख दिनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल तुल्याउनलाा । विशेष कार्यमा अरुको भर नपर्नु हितकर हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ कामको योजना बन्ने समय छ । धनार्जनको योग रहेकोले बचत हुने प्रवल सम्भावना देखिन्छ । परिवारिक सुख वृद्धि र प्रेमभाव बढ्नेछ । कर्मबल बढ्नेछ भने साझेदारीको काम बन्नेछ । साथीभाइको सहयोग प्राप्तिले सुख बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने समय छ । पशुधन र जमिनबाट सामान्य लाभ होला । नयाँ कामका योजनाहरु बन्ने देखिन्छ । प्रेमभावका साथै साहस वृद्धि होला । रसरागतर्फ मन आकर्षित रहनेछ । इष्टमित्रको साथ–सहयोग रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पराक्रम र प्रेम वृद्धि हुने देखिएपनि आजको दिन आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले संयमता अपनाउनु हितकर होला । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, ध्यान राख्नुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): स्वास्थ्यका दृष्टिकोणले राम्रो समय भएपनि जागिरको काममा डर हुनेछ । मान सम्मान मिले पनि सन्तुष्टि मिल्नेछैन । तथापि, आर्थिकलाभ हुनेछ । रसरागको भाव वृद्धि होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभदायी समय छ । रमाइलो किसिमले दिन बित्ला । कामबाट सजिलै फुर्सद पाइने देखिन्छ । मनोरञ्जनपूर्ण दिन रहनेछ । प्रसन्नता मिल्ने देखिन्छ । आफन्तको साथ सहयोग प्राप्त होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अप्रत्याशित तवरले लाभ हुने समय छ । काममा प्रशस्त मात्रामा मन जाने देखिन्छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मान महत्व प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समय केही प्रतिकुल प्रतीत हुन सक्छ । अनावश्यक झमेलामा पर्ने सम्भावना छ, सावधानीपूर्वक व्यवहार गर्नु हितकर होला । पीडा दिनेहरु सक्रिय हुन सक्छन् । आज केही हानी हुनसक्ने योग रहेकोले सावधान रहनु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): धन आर्जनको दृष्टिले राम्रो दिन छ । अन्नसम्बन्धी कार्यबाट विशेष लाभ हुने देखिन्छ । मित्रजनको साथ–समर्थन मिल्ने योग छ । व्यवसायमा लगानी वृद्धि हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आय वृद्धि हुने समय छ । राम्रो कमाइका कारण सुख मिल्ला । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने छ । भाग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास वृद्धि होला ।

Ads

सम्बन्धित पोष्टहरू