Ads

पत्रकारको हत्या र सञ्चारमाध्यममाथि आक्रमणविरुद्ध विरोध सभा गर्दै पत्रकार महासंघ


चितवन, । नेपाल पत्रकार महासंघले स्थापना दिवसको अवसरमा आज गर्ने भनेको सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ । बदलिएको परिस्थितिका कारण देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ती जारी गरी जानकारी दिएका हुन् ।

स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र संचारगृह तथा संचारकर्मीमाथिको हमला विरूद्द आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा मनाइने उनले बताए ।पत्रकार महासंघको केन्द्रीय समितिले आज बिहान ८ माइतीघर मण्डलामा भेला भएर पत्रकारको ‘हत्या’ र सञ्चारमाध्यमाथि भएको ज्यादतीका विरुद्ध विरोध सभा गर्दै छ ।

‘उक्त सभामा उपस्थित भई आन्दोलनकारीले लगाएको आगोमा जलेर मृत्यु भएका पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गर्न र सञ्चारमाध्यमविरुद्ध भएको हमला विरूद्द हातेमालो गर्न महासंघ सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, अधिकारकर्मी, मानवअधिकारकर्मी तथा प्रेस स्वतन्त्रताकामी सम्पूर्ण नागरिकमा हार्दिक आह्वान गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।

महासंघको केन्द्रिय सर्कुलर अनुसार प्रदेश समिति र जिल्ला शाखा समितिहरुले पनि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । पत्रकार महासंघ जिल्ला शाखा चितवनले रक्तदान तथा स्वास्श्य शिविर कार्यक्रम स्थगित गरी शोक तथा विरोध सभा गर्ने भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू