Ads

तीनकुने घटनाः दुईको मृत्यु, ८८ घाइते, ५१ जना पक्राउ, १५ गाडी तोडफोड


काठमाडौं,। राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्म ५१ जनालाई नियन्त्रणमा लिइसकिएको छ।

प्रहरीका अनुसार अमानवीय, अमर्यादित र गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको हो।

एसपी बोहोराका अनुसार प्रदर्शनका क्रममा ५३ जना प्रहरी घाइते भएका छन्। तीमध्ये २२ जना सशस्त्र प्रहरी र ३१ जना नेपाल प्रहरी रहेका छन्। यस्तै, प्रदर्शनकारी पक्षका ३५ जना घाइते भएका छन्।

घटनामा दुई जनाको मृत्यु भएको छ। सरकारी ९ वटा तथा निजी ६ वटा सवारीसाधन गरी जम्मा १५ वटा गाडी तोडफोड भएका छन्। त्यसैगरी, विभिन्न १४ स्थानमा आगजनी भएको छ भने ९ वटा संस्था तथा कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू