काठमाडौँ, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको टिप्पणी गरेका छन् ।
राजावादीले शुक्रबार तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले शुक्रबार तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा भएको घटनाको सूत्रधार शाह नै भएको आरोप लगाए। शाहविरुद्ध कडा कदम चाल्न पनि सरकारलाई उनको सुझाव ।
‘प्रचण्डले सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको टिप्पणी गरे । ‘सरकार र प्रहरीको राम्रो तयारी देखिएन । यहाँ आक्रमण भयो भनेर जानकारी गराएपछि पनि झन्डै ४०-४५ मिनेट सुरक्षाकर्मी नदेखिनु बडो विडम्बना भन्नुपर्ने हुन्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्