Ads

२०८१ चैत्र १७ गते आईतबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मेहनत खेर नजाने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहने योग छ । आर्थिक काम बन्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिएला । नयाँ आयस्रोत प्राप्त हुने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय भएपनि अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा पर्न सकिने सम्भावना छ । व्यक्तिगत स्वतन्त्रतामा बाधा पर्नसक्ने हुँदा प्रलोभनबाट बच्नु हितकर होला । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उत्साहजनक समाचारले हर्ष बढाउला । समझदारी वृद्धि हुनेछ । तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने देखिन्छ । चिताएको काम पूरा नहुन सक्छ । कृषि तथा पशुपालनमा खर्च वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । तार्किक क्षमता बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा पनि लाभ मिल्ने योग छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । दाम्पत्य सुख र प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): निश्चय भएको काम अचानक बिग्रन सक्ने समय छ । साथीभाइबाट धोका मिल्न सक्छ, सचेत रही व्यवहार गर्नुहोला । आश्वासन दिएर झुक्याउनेहरूले सताउने देखिन्छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । आजको दिन गोपनीयतामा विशेष ध्यान दिँदै सचेत रहनु हितकर होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विभिन्न अवसर मिले पनि नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । प्रतिकुलताका बाबजुद कीर्तिमानी काम सम्पादन हुन सक्ने योग छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । आरोग्यबल बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । तपाईंबाट भए–गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने समय छ । ब्यस्तता बढ्नेछ । रोकिएको काम मिहेनतले बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विशेष योजनाहरू बन्ने र एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । नयाँ ज्ञान प्राप्तिको योग छ । पढाइलेखाइमा प्रगति होला । आत्मीयजनसँग भेटघाट हुनेछ । सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइनेछ । समस्याको समाधान मिल्नेछ । मान पुरस्कार प्राप्तिले सुख वृद्धि हुने देखिन्छ । यात्रापरक काम बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ । गरिआएको कामलाई भने निरन्तरता दिनुहोला । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, विशेष सचेतनाको खाँचो छ । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सजग रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । रचनात्मक क्रियाकलापमा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । विशेष काममा मातापिताको सहयोग प्राप्त हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू