Ads

कुलमान घिसिङ र हितेद्रदेव शाक्यको रिट हेर्न नमिल्नेमा


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङ र कार्यकारी निर्देशकमा नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट हेर्न नमिल्नेमा परेको छ।

अन्तरिम आदेशका लागि आज आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको संयुक्त इजलासमा परेको थियो। तर दुवै रिट हेर्न नमिल्नेमा परेको छ।

चैत ११ गते सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएपछि उनी गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्च अदालत गएका थिए।

शाक्य भने चार वर्षअघि आफू बर्खास्तीमा परेको रिटको छिटो सुनाइको माग गर्दै अर्को रिट लगेर चैत ११ गते नै सर्वोच्च गएका थिए।

यसअघि शुक्रबार चैत १५ गते अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटमा कारण देखाउ आदेश दिँदै अन्तरिम आदेशको छ्लफलका लागि आज बोलाएको थियो।

 

Ads

सम्बन्धित पोष्टहरू