प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधर दलहरूको बैठक बोलाएका छन् ।
बैठक साँझ ७ बजेपछि सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तीनकुनेमा गत शुक्रबार भएको घटना र पछिल्लो समय गणतन्त्रमाथि नै गम्भीर प्रहार हुन थालेको बुझाईपछि प्रधानमन्त्रीले साझा धारणा बनाउन बैठक बोलाएका हुन् ।
राजावादीहरू विरुद्ध एकजुट भएर प्रतिकार गर्ने र जनतामा गणतन्त्रसम्बन्धमा विश्वास कायम राख्न आवश्यक देखिएकाले बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्