Ads

रास्वपा सभापतिको जिम्मेवारीमा फर्किए रवि


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन्।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, लामिछानेले सोमबार बस्ने केन्द्रीय समितिको बैठकको सभापतित्व गर्नेछन्।

उनले गत पुस ८ गते सम्पत्ति शुद्धीकरण कसुरको अभियोगपत्र दर्तापछि कार्यवाहक सभापति डीपी अर्याललाई जिम्मेवारी सुम्पिएका थिए।

सोमबार दुईवटा बैठक लगातार बस्ने कार्यसूची तय भएको छ। पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गर्दै समापन गर्नेछन् भने दोस्रो बैठकको अध्यक्षता सभापति लामिछानेले गर्नेछन्।

“पहिलो बैठक कार्यवाहक सभापतिज्यूबाट सुरु भई धन्यवाद ज्ञापनसहित समापन हुनेछ। लगत्तै दोस्रो बैठक सभापति रविज्यूको नेतृत्वमा बस्नेछ,” झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दोस्रो बैठकमा पार्टी र संसद्का गतिविधिबारे छलफल हुनुका साथै सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुने जनाइएको छ।

Ads

सम्बन्धित पोष्टहरू