गणतन्त्रपक्षधर दलका नेताहरूको बैठकले १५ चैतमा काठमाडाैंमा भएको हिंसात्मक घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको निष्कर्ष निकालेको छ ।
आइतबार राति सिंहदरबारमा बसेको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने षड्यन्त्रमूलक गतिविधिको मुख्य योजनाकार पूर्वराजा शाह भएको निष्कर्ष निकालेको बैठकपछि नेताहरूले जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । तीनकुनेमा शुक्रबार राजावादीको प्रदर्शन हिंसात्मक बन्दा एक पत्रकारसहित दुई युवाको ज्यान गुमेको थियो ।
प्रतिक्रिया दिनुहोस्