काठमा,। राप्रपाले काठमाडौंमा हुन लागेको प्रदर्शन र सभाको तयारी पूरा भएको जनाएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले मंगलबार काठमाडौंमा गर्ने प्रदर्शन र सभाको तयारी पूरा भएको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।
सभा सुरु हुनुअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिने छ । ती जुलुस सभामा परिणत हुने राप्रपाले जनाएको छ । प्रदर्शन र सभालाई शान्तिपूर्ण बनाउने तयारी राप्रपाको छ ।
प्रतिक्रिया दिनुहोस्