Ads

तोलामा ७ सय रुपैयाँले घट्यो सुन मूल्य


काठमाडौँ,। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ ।

चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू