नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना थालिएको छ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारकै केन्द्रीय कार्यालयमा आज दिउँसो १२:४५ बजे मग गन्न सुरु गरिएको हो।
‘तीन ठाउँमा राखेर मत गन्न थालेका छौँ’, उनले भने, ‘चौथो ठाउँको तयारी पनि गरिरहेका छौँ।’
बारको २७औँ केन्द्रीय कार्यसमिति चयन गर्न गत शनिबार काठमाडौँ उपत्यका र बाहिर गरी ३६ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो।
सबै मतदानकेन्द्रका मतपेटिका काठमाडौँ ल्याइसकेपछि मत गन्न सुरु गरिएको हो।
प्रतिक्रिया दिनुहोस्