Ads

जडीबुटी उत्पादन कम्पनीमा आगो लगाउने चार युवा पक्राउ


काठमाडौं, । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीमा संलग्नमध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ । गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा प्रहरीले चारजनालाई प्रकाउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीले सन्चोसहितका औषधि उत्पादन गर्दै आएको उक्त कम्पनीमा आगो लगाउनेमध्ये सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बस्ने दिनेश खड्का लाई प्रहरीले चैत १८ गते काठमाडौंबाटै पक्राउ गरेको हो । त्यसैगरी ताप्लेजुङको फुङलिङ नगरपालिका-३ बस्ने सुशील बराललाई चैत १९ गते, रामेछापको गोकुलगंगा गाउँपालिका-२ निवासी केशव बस्नेत र सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङलाई पनि प्रहरीले उक्त उद्योगमा आगो लगाएको अभियोगमा पक्राउ गरेको छ। तामाङले तीनकुनेबाट अराजक हुँदै अघि बढ्ने क्रममा ट्राफिक लाइट र प्रहरी बस्ने बिट पनि तोडफोड गरेको पाइएको छ।

Ads

सम्बन्धित पोष्टहरू