Ads

सुनको मूल्य सामान्य घट्यो


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।

Ads

सम्बन्धित पोष्टहरू