काठमाडौं। काठमाडौं उपत्यकामा विगत दुई सातादेखि वायु प्रदूषण मानव स्वास्थ्यका लागि खराब रहँदै आएको छ ।
वायु गुणस्तर मापन गर्ने आइक्यू एअरले बिहान सवा ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौंको औसत वायु गुणस्तर सूचक (एक्यूआई) १९२ छ । यसलाई अस्वस्थ अवस्था मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्