काठमाडौँ । बुधवार सेयर बजार परिसूचक (नेप्से) ९.६६ अङ्कले बढेको छ । उक्त अङ्कले वृद्धि हुँदा नेप्से २६७६.२८ बिन्दुमा पुगेको छ ।
आज परिसूचक बढे पनि कारोबार घटेको छ । मङ्गलवार परिसूचक ३.४४ अङ्कले घटेको बेलामा ५अर्ब ३० करोड रुपैयाँ मूल्य बराबरको सेयर कारोबार भएको थियो । आज ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ७३ हजार ८८२ कित्ता शेयर खरिद बिक्री भएको छ ।
आज कारोबारमा आएका १५४ कम्पनीको सेयर बढेको छभने ९० कम्पनीको सेयर मूल्य घटेको छ । साथै एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्