Ads

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु


काठमाडौं,। डोमेनिकन रिपब्लिकनमा एक क्लब घरको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु भएको छ । गायक रुबी पेरेजको जेट सेट नाइट क्लबमा कन्सर्ट चलिरहँदा क्लबको छत भत्किएको थियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार क्लब घरको छत भत्किने समयमा पाँच सयदेखि एक हजार मानिस सहभागी थिए । प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मंगलबार मध्यरातमा छत भत्किएको थियो ।

मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेका छन् । उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए ।

पेरेजकी छोरी जुलिन्काले भने भागेर ज्यान बचाएकी थिइन् । राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरी तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू