मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )प्रयत्न गर्दा पनि अवसरको पूर्ण उपयोग नहुन सक्छ । सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस् । दीर्घकालीन लाभ हुने काममा लाग्ने समय उपयुक्त छ । तार्किक क्षमता वृद्धि हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )व्यवसायमा संलग्न व्यक्तिहरूलाई विशेष फाइदा मिल्ने संकेत छ । रुचिका क्षेत्रमा लगानी बढाउने राम्रो समय हो । आर्थिक पक्ष सबल बन्नेछ । तथापि, केही व्यक्तिहरूको ईर्ष्याले काममा अवरोध पुर्याउन सक्छ, सजग रहनुहोस् ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )परिवारजनको साथले काममा उत्साह र प्रेरणा प्राप्त हुनेछ । प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्नेछ, दाम्पत्य जीवन सुखद हुनेछ । परोपकार र श्रद्धामा मन जानेछ । तर, स्वास्थ्यमा केही कमजोरी देखा पर्न सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )स्वास्थ्य कमजोर रहेपनि कामको दायित्व बढ्नेछ । साना–साना कुरामा महत्वपूर्ण समय खर्चिनुपर्नेछ । मानसिक चिन्ता र ढिला सुस्तीको सम्भावना छ । अप्रिय समाचारले मन दुखी बन्न सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )आम्दानी बढ्ने सम्भावनासहित रोजगारीको अवसर मिल्न सक्छ । तर, बेसुरमा दिएको वचनले समस्या निम्त्याउन सक्छ । पढाइ तथा व्यापारमा भने सोचे अनुसार प्रगति नहुन सक्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )व्यापारमा राम्रो फाइदा मिल्नेछ र आँटेका कार्यहरू सजिलै सम्पन्न हुनेछन् । दीर्घकालीन फाइदाका लागि लगानी गर्ने अवसर मिल्नेछ । सहयोग र उपहार प्राप्त हुन सक्छ । भौतिक साधनमा वृद्धि भएसँगै आयमा पनि सुधार आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)अनावश्यक यात्राको सम्भावना छ । स्वास्थ्यमा पनि समस्या देखिन सक्छ, जसले उपचारमा खर्च गराउन सक्छ । यद्यपि, मेहनत गरे राम्रो प्रतिफल पाउने समय हो । साथ दिने व्यक्तिहरूको सहयोगले उत्साह मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )सहयोगको अपेक्षा राखिएको ठाउँबाट धोका पर्न सक्छ, सतर्क रहनुहोस् । व्यावसायिक क्षेत्रमा खर्च बढ्नेछ, तर फाइदा पनि देखिन्छ । प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )पढाइमा कमजोरी र लेनदेनमा विवाद उत्पन्न हुन सक्छ । विगतका समस्याहरू पुन: सताउन सक्छन् । घरेलु झमेला र साना कामले समय खाइदिन सक्छ । यद्यपि रोकिएका कार्य सम्पादन हुनेछन् र आत्मविश्वास बढ्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )कामको सिलसिलामा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, र मनोरञ्जनतर्फ आकर्षण बढ्ने समय हो । यद्यपि, केही महत्वपूर्ण कार्य समयमा सम्पन्न नहुन सक्छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)रमाइलो यात्राको अवसर मिल्नेछ । कामको चाप घट्नेछ र मन हलुका बन्नेछ । सुखदुःखमा साथ दिने शुभचिन्तकहरू भेटिनेछन् । मनमा अनावश्यक डर भए पनि सकारात्मक अवसरहरू आउनेछन् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )अरूका काममा समय खर्चिन सकिनेछ । आफ्ना काम पूरा गर्न निकै मिहिनेत गर्नुपर्नेछ । अधुरा कामले मन खिन्न बन्न सक्छ । आफन्त तथा प्रियजन टाढिन सक्छन् ।
प्रतिक्रिया दिनुहोस्