Ads

उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना व्यक्त


काठमाडौँ, । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् ।

जैन धर्मका २४औँ तीर्थंकर महावीरको दुई हजार ६२४औँ जन्मजयन्ती जन्म कल्याणक दिवस)का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिने बताए । शुभकामना सन्देशमा उनले यस दिवसले सिङ्गो मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा सहयोग पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन्।

“यो दिवसले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई बलियो बनाउने अवसर प्रदान गर्दछ”, उपराष्ट्रपति यादवले भनेका छन्, “भगवान् महावीरले अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्य आदर्शलाई प्रतिपादन गरे । यसले धार्मिक दृष्टिसँगै सामाजिक र सांस्कृतिक रूपमा पनि हामीलाई एउटा सुन्दर देश र समाज निर्माणको दिशामा अग्रसर हुन प्रेरित गर्दछ ।” रासस

Ads

सम्बन्धित पोष्टहरू