Ads

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना


काठमाडौं, । काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीले जानकारी दिए । घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको इन्सपेक्टर गिरीले बताए ।

प्रहरी निरिक्षक गिरीका अनुसार बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् ।

Ads

सम्बन्धित पोष्टहरू