Ads

आज बुटवलमा एमालेको जागरण सभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने


बुटवल,। देशको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यसहित नेकपा (एमाले)ले आज (शुक्रबार) बुटवलमा लुम्बिनी प्रदेश स्तरीय जागरण सभा गर्ने भएको छ । रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा हुने सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समबोधन गर्ने कार्यक्रम छ । सभामा अध्यक्ष ओलीसहित उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमाले प्रचार विभाग रूपन्देहीले बिहीबार पत्रकार सम्मेलनगरी सभाको तयारी पूरा भएको जानकारी दिएको छ । सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडीको र्‍याली गरिने एमाले, रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए । ‘यो सभा एमालेको मात्र होइन,’ अध्यक्ष गैरेले भने, ‘आयोजना एमालेको भए पनि गणतन्त्र पक्षधर शक्तिको हो । सभामा हजारौं नागरिक सहभागी हुनेछन् ।’

Ads

सम्बन्धित पोष्टहरू