मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कुनै लामो यात्राको योजनामा हुनुहुन्छ भने प्रक्रिया अघि बढाउने समय छ । विछोडिएका परिवारजनसँग भेटघाट हुने देखिन्छ । कमी-कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । आजको दिन साथीभाइसँग सन्तुलित व्यवहार गर्ने प्रयास गर्नुहोला । हठ गर्ने बानीले दुःख पाइनेछ । जागिरमा पनि सावधान रहनु हितकर हुनेछ । साँझपख उमङ्ग-उत्साह जागृत हुने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): केही खर्च लागे पनि सोचेको काम बन्ने दिन छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । महत्वपूर्ण कार्ययोजनामा हुनुहुन्छ भने प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): रचनात्मक कार्यले फाइदा दिलाउने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् जसले दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अवसर आए पनि मौकामा चाहेजस्तो लाभ उठाउन नसकिने योग छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा होला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिएर तपाईंलाई प्रयोग गर्ने प्रयत्न हुनसक्छ, सचेत रहनुहोला । सरसापटमा धन खर्च हुनसक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । स्वास्थ्यमा पनि सामान्य कमजोरी अनुभूति हुनसक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ, ध्यान राख्नुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । जटिल काम पनि सजिलै बन्नाले उत्साह जागृत होला । समयलाई पछ्याउने भरपुर प्रयत्न गर्नुहोला, अन्यथा पछि पछुतो अनुभूति हुन सक्छ । भौतिक साधनको प्रयोग गर्नुहुन्छ भने पूरै भर पर्न नसकिने समय छ, याद राख्नुहोला । व्यापारमा विशेष फाइदा उठाउन सकिने योग छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परिस्थिति अलिक प्रतिकूल रहेको अनुभूति हुनसक्छ तर विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने तथा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । बिछोडिएका आफन्तसँग भेटघाट हुने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मनमा कुनै प्रकारको त्रास थियो भनेपनि उत्साहमा रूपान्तरित हुने दिन छ । फुर्सदको अनुभूति हुनुका साथै रमाइलो यात्राको अवसर मिल्न सक्छ । लाभका लागि परिस्थितिसँग केही सम्झौता गर्नु हितकर होला । विभिन्न सहयोग र उपहार प्राप्त हुनसक्छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल र सामर्थ्य वृद्धि हुनेछ भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । मिठो भोजनको अवसर जुर्ला । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सोखले खर्च बढाउने योग छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सचेत रहनुहोला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त भएपनि सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । आश्वासन दिनेले झुक्याउन सक्ने समय छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्नेमा सजग रहनु उचित होला । साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुन सक्छन् । पठनपाठन कार्यमा पनि प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ भने विभिन्न अवसर प्राप्त हुनेछन् । साँझतिर महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । दाम्पत्यसुख बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिएला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि प्रयत्न जारी राख्नु हितकर होला ।
प्रतिक्रिया दिनुहोस्