Ads

अर्थतन्त्रलाई चलायमान बनाइ आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल


काठमाडौं । मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको अर्थमन्त्री विष्णु पौडेलले दाबी गरेका छन् ।

अर्थमन्त्री पौडेलले सांसद सोबिता गौतमलाई संसद सचिवालय मार्फत पठाएको जवाफमा मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका हुन् । ‘मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन । अधिकांश आर्थिक परिसूचकहरु सकारात्मक रहेकाले उक्त कुरा पुष्टि भएको छ, उनले भने । अर्थतन्त्रलाई चलायमान र गतिशील बनाइ आर्थिक वृद्धि तथा आर्थिक स्थायित्व कायम गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले जीगिर गरे ।

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय सँस्थाहरुको प्रभावकारी नियमन नेपाल राष्ट्र बैंकबाट भइरहेको बताए । कुनै बैंक तथा वित्तीय संस्था समस्याग्रस्त देखिएमा नेपाल राष्ट्र बैंकबाट तत्काल सुधार परीक्षण गरी आवश्यक नियमन गर्ने कार्य नियमित रुपमा हुँदै आएको उनको भनाई छ ।

अर्थतन्त्रमा देखिएका वास्तविक समस्याहरु पहिचान गर्न र त्यस्ता समस्याहरुको लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनेको स्मरण गर्दै उक्त आयोगको प्रतिवेदनमा दिइएका सुझावहरू क्रमशः कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू