काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिइएको छ।
प्रधानमन्त्री एवम् त्रिवि कुलपति केपी शर्मा ओलीले मंगलबार केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन्।
उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। केसीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो।
२०७२ सालमा जापानका लागि राजदूत सिफारिस भएका उनी तत्काल सरकार परिवर्तनका कारण नियुक्त हुन भने पाएका थिएनन्।
जापानको सरकारी छात्रवृत्तिमा नागासाकी विश्वविद्यालयबाट मास्टर्स, पीएचडी र पोस्ट डाक्टरेट गरेका केसी विभिन्न विदेशी विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर र फरिन पोलिसी फेलो हुन्।
केसी चीनको सांघाई विश्वविद्यालय, सिचुवान विश्वविद्यालय, युनान विश्वविद्यालयमा आमन्त्रित प्राध्यापक तथा सार्क विश्वविद्यालय नयाँदिल्लीको बोर्ड सदस्य पनि हुन्।
प्रतिक्रिया दिनुहोस्