काठमाडौँ, । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आफू पहिलो कांग्रेस र त्यसपछि कम्युनिष्ट हुँदै नयाँ विचार बोक्ने मानिस भएको बताएका छन्।
बुधबार काठमाडौंमा भएको कांग्रेस नेता चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ लोकार्पण समारोहमा बोल्दै भट्टराईले पहिले आफू कांग्रेससँग नै निकट रहेको बताएका हुन् ।
उनले भने, ‘धेरै कांग्रेसका साथीहरूले सोध्ने गर्नुहुन्छ- यो कांग्रेस हो कि कम्युनिष्ट हो भनेर। म अलिअलि कांग्रेस, अलिअलि कम्युनिष्ट र दुइटै भन्दा अगाडि विचार बोक्ने नयाँ मान्छे भन्दछु आफूलाई ।’
प्रतिक्रिया दिनुहोस्