Ads

सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यकः पूर्व उपराष्ट्रपति


काठमाडौँ, । पूर्वउपराष्ट्रपति परमानन्द झाले संविधान कार्यान्वयनका क्रममा देखिएका संशोधनका आवाजलाई सम्बोधन गरे संविधान दिगो हुने बताएका छन् ।
दिशानिर्देश प्रेस क्लबद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सबै वर्ग, क्षेत्र र समुदायका माग सम्बोधन गर्नका लागि पनि संविधान संशोधनको आवश्यकता औँल्याए ।

उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा उनले तत्कालीन समयमा संविधान हतारमा प्रकाशन गरिएको जिकिर समेत गरे ।“प्रमुख दलहरुले नै संविधान संशोधन गर्ने एजेण्डा बनाइरहनुभएको छ”, पूर्वउपराष्ट्रपति झाले भने, “संविधान जनताको मागअनुसार संशोधन गरेर अघि बढनुपर्छ । त्यसमा सबैको कल्याण छ ।”

सोही कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र, निष्पक्ष र जीवन्त पत्रकारिता अपरिहार्य भएको बताए । राष्ट्रिय समाचार समिति९रासस०का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिले पुनः राजनीतिक भूमिकामा फर्किनु शोभनीय नहुने धारणा राखे ।

वरिष्ठ पत्रकार हरिहर विरहीले नागरिक सर्वोच्चता कायम राख्न आमसञ्चारको भूमिकाबारे आफ्ना धारणा राखे । उनले राजतन्त्र फर्किन सम्भव नभएको राय व्यक्त गरे ।
दिशानिर्देश पत्रिकाका सम्पादक जेपी गुप्ता ‘मायालु’ले सर्वोच्च अदालतको फैसलालाई अवहेलना गर्दै प्रेस काउन्सिलले आफूहरुलाई पटकपटक पत्र काटेको आरोप लगाए।

Ads

सम्बन्धित पोष्टहरू