Ads

सामाजिक अभियान्ता शर्मिला वाइबामाथि रड प्रहार


काठमाडौं,। आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ । बुधबार साँझ उनीमाथि काठमाडौंको बौद्धमा रड प्रहार भएको हो । रड प्रहारबाट वाइबा घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । घाइते वाइबाको बौद्धस्थित स्तुपा अस्पतालमा उपचार हुँदैछ ।

उनी आफूलाई सामाजिक अभियन्ता भन्दै अरूको पारिवारिक विवादमा छिर्ने गर्थिन् । उनले हस्तक्षेप गर्दा चर्चित कमेडियन पवन खतिवडाको घर नै भाँडिएको थियो । यसअघि उनी जस्तै सामाजिक अभियन्ता बताउने पुण्य गौतमलाई पनि मरनासन्न हुने गरी रड हानिएको थियो ।

गौतमलाई दुर्गा प्रसाईंका कार्यकर्ताले आक्रमण गरेका थिए। यी दुवै पात्रलाई युट्युबरले भाइरल बनाएका हुन् ।शर्मिलालाई कसले रड हान्यो खुलेको छैन। घाइते उनलाई भेट्न सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिइरहने आङकाजी शेर्पासहित स्तुपा अस्पताल पुगेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू