Ads

‘कांग्रेसभित्र आगो सल्कियो, एमालेभित्र धुवा पुत्याएको छ’: प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले वर्तमान सरकारमा रहेका पार्टीभित्रै असन्तुष्टिको धुवा सल्केको दाबी गरेका छन् ।

बिहीबार प्रेस सेन्टरले गरेको भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले कांग्रेस र एमालेका दोस्रो तहका नेतामा असन्तुष्टिको आगो सल्केको टिप्पणी गरेका हुन् ।

‘कांग्रेसभित्र सरकारप्रति चरम वितृष्णा छ । एमालेप्रति पनि भुसको आगो सल्केको छ,’ उनले भने, ‘कांग्रेसभित्र आगो सल्कियो, एमालेभित्र धुवा पुत्याएको छ ।’

प्रचण्डले अपारदर्शी ढंगले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन सरकार बनेको दाबी गरे । प्रचण्डले वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्रको र अपारदर्शी सरकार भएको टिप्पणी गरे ।

Ads

सम्बन्धित पोष्टहरू