Ads

रास्वपाको सह-महामन्त्रीबाट राजीनामा दिँदै सुमना


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह-महामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिँदै छिन्।

आज (बिहीबार) दिउँसो ३ बजे बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने जानकारी आएको रास्वपाका कार्यवाहक प्रवक्त मनिष झाले बताए।

सुमनाले यसअघि रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा पुनः बहाली भएकै दिन सहमहामन्त्रीको राजीनामा दिने प्रस्ताव गरेकी थिइन्।

एक व्यक्ति एक पदको अवधारणा अनुसार उनले राजीनामा दिने तयारी गरेको उनले बताए।

Ads

सम्बन्धित पोष्टहरू